बैशाख १८, २०८१, मंगलबार
               

मनमोहन कार्डियोथोरासिक सेन्टरमा अब अनलाइनबाटै टिकट
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर

नेपाल फ्ल्यास
माघ १३, २०७६

ADVERTISEMENT

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइनबाट सेवा सुरु गरेको छ । सेन्टरले उपचारको लागि आउने सेवाग्राही बिरामीहररूको सुविधाको लागि अस्पतालको टिकट घरमा नै बसेर लिन मिल्ने अनलाइन अपोइन्टमेन्ट सिस्टमको सुरुवात गरेको छ । 

एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरमा उपलब्ध ‘मनमोहन सेन्टर’ नामको एप डाउनलोड गरी सोमार्फत जचाउँन चाहेको दिनको टिकट लिन पाइने व्यवस्था गरिएको छ । सोही सुविधा सेन्टरको वेवसाइटमा गएर समेत लिन सकिने र अपोइन्टमेन्ट टिकटको शुल्क ई–सेवा तथा प्रभु–पेबाट सोझै तिर्न सकिने व्यवस्था गरिएको छ । 

सेन्टरको लागि मिडास टेक्नोलोजीजले विकास गरेको सो एप आइओएस प्रयोगकर्ताहररूको लागि छिट्टै उपलब्ध गराउने गृहकार्य भरहेको सेन्टरले जनाएको छ । माघ १२ गते त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदिशप्रसाद अग्रवालले अस्पताल प्रांगणमा आयोजित एक कार्यक्रमका बीच अनलाइन अपोइन्टमेन्ट सिस्टमको उद्घाटन गरे । 

प्रविधिको प्रयोगमा आम सर्वसाधारणको सक्रियता बढिरहेको वर्तमान समयमा यस सेवाले अस्पतालमा जचाउन बिहानैदेखि लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भई बिरामीहरूले घरैबाट नामदर्ता गराएर आफ्नो पालो पर्ने समयमा अस्पताल आई सेवा लिनेको संख्या विस्तार हुने अपेक्षा गरेको छ । 

सेन्टरको अनलाइन टिकट आफैँ लिन असमर्थ भएमा देशभरि फैलिएका इ–सेवा तथा प्रभु पेका एजेन्सीहरूको पनि सहयोग लिन सकिने व्यवस्था गरिएको छ । अस्पतालको टिकट अनलाइनबाटै लिन पाउने सुविधाको प्रयोग गरि उपलब्ध गराइएको समयमा अस्पताल आई सेवा लिन सम्पूर्ण सेवाग्राहीलाई अस्पताल प्रशासनले अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि