बैशाख १८, २०८१, मंगलबार
               

चीनमा भेटियो रहस्यमय भाइरस

नेपाल फ्ल्यास
माघ ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । चीनमा रहस्यमय भाइरसको प्रभाव बढ्दैगएको छ । यसको संक्रमणबाट मानव स्वास्थ्यमा प्रभाव बढ्दो छ ।
 
बीबीसीका अनुसार यो भाइरसको संक्रमण १७ सय जनामा फैलिएको छ । त्यसमध्ये ४१ जनामा नयाँ छन् ।

चीनको वुहान शहरमा गत डिसेम्बरमा यो भाइरसबाट दुई जनाको ज्यान गएको थियो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले यो संक्रमण कोरोनाभाइरस भएको निष्कर्ष निकालेका छ ।

कोरोनाभाइरसले रुघाखोकी हुँदै गम्भीर रोग निम्त्याउने गर्दछ । यसबाट ज्यानको जोखिम पनि हुने गर्दछ । यसअघि मानिसमा यो भाइरस पहिचान र प्रमाणित भएको थिएन । यो भाइरस मानिस र जनावरबीच पनि सर्ने सक्छ । तर यो मानिसबाट मानिसमा नसर्ने दाबी चिनियाँ अधिकारीको छ । 

भाइरस संक्रमण बढ्दै गएपछि चीनले विमानस्थलमा चेकजाँचमा कडाइ गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि