बैशाख १८, २०८१, मंगलबार
               

रुघाखोकीमा हेलचक्र्याइँ नगर्न चिकित्सकको आग्रह

नेपाल फ्ल्यास
पुस १५, २०७६

ADVERTISEMENT

काठमाडौं । डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रूपमा लिए। ज्वरो आएपछि मात्रै उनी नजिकैको नागरिक सामुदायिक अस्पतालमा पुगे।

संक्रमण बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। त्यहाँबाट पनि मंगलबार राति महाराजगन्जस्थित शिक्षण अस्पतालको आइसियुमा भर्ना गरियो।

संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत बिहीबार उनको मृत्यु भयो। उनको मृत्युको मूल कारण भाइरल रुघाखोकी लाग्दा पनि हेलचेक्र्याइँ गरी ढिलो उपचारमा पुग्नु रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। चिकित्सकका अनुसार उपचारमा ढिलाइ भएपछि संक्रमणका कारण उनका धेरै अंग फेल भएका थिए।

भाइरल रुघाखोकीमा हेलचेक्र्याइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्को एकजनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

भाइरल रघाखोकीकै कारण यो महिना मात्र चारजनाको मृत्यु भइसकेको अस्पतालको भनाइ छ। बाराका ८५ वर्षीय कृष्णलाल चौलागाइँ शिक्षण अस्पतालकै आकस्मिक कक्षमा भर्ना भएका छन्।

केही दिनअघि सुरु भएको रुघाखोकीले एक्कासि गम्भीर रूप लिएपछि उनी अस्पताल आएका हुन्। सास फेर्न गाह्रो भएपछि शनिबार उनलाई अस्पताल ल्याइएको हो।

संक्रमण बढ्दै जाँदा उनका अन्य अंगहरू पनि फेल भइसकेको चिकित्सकले जनाएका छन्। शनिबारै ठमेलका ७० वर्षीय रमन श्रेष्ठ (नाम परिवर्तन) शिक्षण अस्पताल पुगे। उनमा छिटोछिटो श्वास फेर्ने लक्षण देखिएपछि अघिल्लो दिन गंगालाल हृदय केन्द्र पुर्‍याइएको थियो।

उनमा निमोनिया देखिएपछि गंगालालले उनलाई शिक्षण अस्रेफर गरेको थियो। अस्पतालको आकस्मिक कक्षमा उनीसहित नौजना यस्ता बिरामी उपचारार्थ आएका छन्, तीमध्ये चारजना गम्भीर प्रकृतिका छन् ।

अस्पतालको आकस्मिक कक्षमा भाइरल संक्रमणपछि निमोनिया भएका बिरामी धेरै भर्ना हुने गरेको आकस्मिक कक्षका चिकित्सकले जनाएका छन् । ‘अस्पतालमा भर्ना गर्न शय्या र आइसियु खाली नभएपछि दुई दिनदेखि आकस्मिक कक्षमै उपचार गराइरहेका पनि छन्,’ शिक्षण अस्पताल आकस्मिक कक्षका प्रमुख डा.योगेन्द्र शाक्यले भने।

जाडो मौसममा औसत २४ घण्टामा एक सयदेखि एक सय १५ जना भर्ना हुने शिक्षण अस्पताल आकस्मिक कक्षमा १० प्रतिशत त निमोनियाका मात्रै बिरामी छन्। यो खबर नागरिक दैनिकमा प्रकाशित छ।

आकस्मिक कक्षमा भर्ना भएकामध्ये निमोनियाका ४० प्रतिशत र भाइरल निमोनिया हुँदै सेप्सिसमा पुगेका २ प्रतिशत बिरामी रहेको वीर अस्पताल आकस्मिक कक्षका चिकित्सक डा.न्हुच्छेमान डंगोल बताउँछन्।


कस्तो लाग्यो ?

यो पनि