बैशाख १८, २०८१, मंगलबार
               

प्रधानमन्त्री ओली खतरामुक्त, अझै केही दिन आईसीयूमै

नेपाल फ्ल्यास
मंसिर १४, २०७६

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले एपेन्डिसाइट भएपछि मंगलबारदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा छन् । १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका ओलीलाई थप केही समस्या देखिन्छ कि भनर आईसीयूमै राखिएको छ । तर, प्रधानमन्त्री ओली अहिले खतरामुक्त भएको अस्पतालल जनाएको छ । 
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकको टोलीले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री ओली हाल खतरामुक्त अवस्थामा रहेको जनाएको राजधानी दैनिक लेख्छ ।

प्रधानमन्त्री ओलीले इम्युनोसप्रेसिभ (शरीरको प्रतिरोध क्षमता घटाउने औषधि) लिइरहेका कारण एपेन्डिसाइटिस भएको ढिला मात्रै थाहा भएको र त्यसको संक्रमणका कारण जोखिमपूर्ण अवस्था आए पनि समयमा नै उपचार गरिएकाले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राखिने र शल्यक्रियापछि हुनसक्ने संक्रमणको जोखिम हटेपछि मात्रै अवस्था हेरेर डिस्चार्ज गरिने चिकित्सकले स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिइन् ।

स्वास्थ्य अवस्थामा अपेक्षा गरेको भन्दा सुधार भएको अस्पतालले जनाएको छ ।  मंगलबार बिहानदेखि पेट अत्यधिक दुखेपछि उनलाई अस्पताल लगिएको थियो । परीक्षणका क्रममा उनमा एपेन्डिसाइटिस र पेरिटोनाइटिस पुष्टि भएपछि तत्काल शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि भेन्टिलेटरमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि