बैशाख २०, २०८१, बिहीबार
               

किन लुकाइन्छ प्रधानमन्त्रीको स्वास्थ्यको वास्तविक अवस्था ?

नेपाल फ्ल्यास
कात्तिक १४, २०७६

ADVERTISEMENT

राष्ट्रको कार्यकारी प्रमुख हुन केपी शर्मा ओली । उनी एक सर्वसाधारण नागरिक किमार्थ होइनन् । उनी सत्तासीन दलको अध्यक्ष पनि हुन् । उनी जनताबाट जितेर आएर संसदबाट चुनिएका प्रधानमन्त्री हुन् । वास्तवमा उनी नेपाल देशको सीइओ हुन् । 

प्रधानमन्त्रीको स्वास्थ्य देशकै चासो र चिन्ताको विषय हो । तर यो यथार्थलाई सरकारले बुझेको छैन । यसअघि पनि बझेन । यसपटक पनि बुझेन । सर्वत्र आलोचना हुँदा पनि बुझ्ने चेष्टा नै गरेन ।

हिजो बुधबार नियमित स्वास्थ्य परीक्षण भन्दै प्रधानमन्त्री ग्राण्डी अस्पतालमा पुगे । त्यहाँ उनलाई भर्ना गरेर राखियो । प्रधानमन्त्रीलाई एडमिट नै गर्नु आफैंमा सामान्य होइन् ।

१२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको हिजो बुधबार डाइलासिस गरियो । त्यतिले नपुगेर आज बिहीबार पनि डायलासिस गरियो । तर त्यो सूचना सरकारले लुकायो ।

प्रधानमन्त्रीलाई भेटन आज बिहीबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पुगे । प्रधानमन्त्रीलाई भेटेर उनी निस्किएपछिमात्र डायलासिस गरिएको कुरा पहिलोपटक बाहिर भनियो । 

प्रधानमन्त्रीको सचिवालय छ । त्यत्रो सल्लाहकार पालेर राखिएको छ । उनीहरुको काम सही र सत्य सूचना दिनुपर्ने हो । तर उनीहरुको भूमिका सूचना लुकाउनमै सीमित रह्यो ।

यसरी सूचना लुकाउँदा अनेकन प्रश्न उठ्ने गरेका छन् । प्रधानमन्त्रीलाई जवरजस्त स्वस्थ छु भन्ने देखाउन खोजिएको आशंका गर्नेहरुलाई बल मिलेको छ । 

चिकित्सकले बारम्बार धपेडी नगर्नु भनेको अनौपचारिक तथा कतिपय अवस्थामा औपचारिक रुपमा सुन्ने गरिएको छ । तर प्रधानमन्त्री अजरबैजानको बाकुमा भएको असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिए । नेपाल आएकै दिन उनी सिस्नुपानी नेपालको कार्यक्रममा जाँदा थकित मुद्रामा देखिन्थे । यस्ता पक्षमा प्रधानमन्त्रीलाई उनको चिकित्सक तथा सल्लाहकार समूहले समयमै सही सल्लाह नदिएको हुन सक्छ । 


कस्तो लाग्यो ?

यो पनि