बैशाख २१, २०८१, शुक्रबार
               

प्रधानमन्त्री अस्पताल भर्ना, भएको चाँहि के हो ?

नेपाल फ्ल्यास
कात्तिक १४, २०७६

ADVERTISEMENT

अपडेट :

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौलाको आकस्मिक रुपमा डायलासिस गरिएको छ ।प्रधानमन्त्री ओलीको बुधबार साँझ आकस्मिक डायलासिस गरिएको हो ।

---

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधवार नियमित जाँच गरिएको छ । 

केही असहज महसुस भएपछि काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालमा बुधवार बिहान पुगेका प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर उपचार गरिएको हो ।

नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको जानकारी उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिए । ‘उहाँको स्वास्थ्य सामान्य छ । नियमित जाँचका लागि अस्पताल जानुभएको हो’, अर्यालको भनाइ कोट गर्दै नागरिक दैनिकले छापेको छ ।

ज्वरो आएको, टाउको पनि दुखेका कारण प्रधानमन्त्री ओलीलाई आइसियूमा राखिएको हो । प्रधानमन्त्रीको उपचारमा उनका निजी चिकित्सक डा. दिव्या सिंह शाह पनि सहभागी छिन् ।

प्रधानमन्त्री ओली पछिल्लोपटक भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँ प्लाज्माफेरेसिस गराई उनी भदौ २० गते स्वदेश फर्किएका थिए ।

त्यसयता नियमित भेटघाट र काममा सक्रिय प्रधानमन्त्री ओलीलाई केही दिनदेखि भेटघाट कम गर्न चिकित्सकले सल्लाह दिएका थिए । स्वास्थ्यकै कारण प्रधानमन्त्री ओली मङ्गलवार नेवार समुदायले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिएनन् । 


कस्तो लाग्यो ?

यो पनि