बैशाख २१, २०८१, शुक्रबार
               

'सरकारले तोकेको शुल्कमा एमबीबीएस पढाउन असंभव'

नेपाल फ्ल्यास
असोज १०, २०७६

ADVERTISEMENT

निजी मेडिकल कलेजका सञ्चालकहरूले सरकारले निर्धारण गरेको शुल्कमा एमबीबीएसका विद्यार्थीलाई अध्ययन गराउन नसक्ने प्रष्ट पारेका छन् ।

सरकारले तोकेको मूल्यमा अध्ययन अध्यापन गराउन नसक्ने भन्दै उनीहरूले मन्त्रालयको नेतृत्वलाई नै चुनौती दिएका छन् ।

निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका महासचिव डा.सुनिल शर्माले सरकारले तोकेको शुल्कमा पढाउन बाध्य पारिए सहन नसकिने चेतावनी दिए । निजी क्षेत्रका मेडिकल कलेजले सरकारलाई साँचो बुझाइसकेको जानकारी दिँदै उहाँले सरकारले तोकेको शुल्कमा विद्यार्थी पढाउनै नसकिने धारणा व्यक्त गरे । यो समाचार आजको गोरखापत्रले छापेको छ ।

उनले शुल्कमा पुनरवलोकन नभएसम्म एमबीबीएस तथा बीडीएसमा भर्ना नलिने बताए । सरकारले एमबीबीएसमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपियाँ शुल्क तोकेको छ ।


कस्तो लाग्यो ?

यो पनि