बैशाख २१, २०८१, शुक्रबार
               

खाली पेटमा लिची खानु खतरनाक

नेपाल फ्ल्यास
जेठ ३०, २०७६

ADVERTISEMENT

खालीपेटमा लिची खाँदै हुनुहुन्छ। होशियार!

भारतको बिहारमा दुई दशकयता खालीपेटमा लिची खाएकै कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको खुलेको छ।

ती बालबालिका दिउँसोभरि खेलिरहेका, रमाइरहेका बालबालिका राति अकस्मात छलपटाएर ढल्ने गर्दथे।

उनीहरुमा एक्कासि स्वास्थ्यमा समस्या आउने गरेको थियो। अनुसन्धानले लिची खाएर उनीहरुको मृत्यु भएको खुलेको हो।

अमेरिकी र भारतीय चिकित्सक सम्मिलित टोलीले ती बालबालिकाको मृत्युको कारण लिचीलाई मानेको छ। ती बालबालिकाको मृत्यु मेदेखि जुलाईसम्म लिची हुने बेलामा हुने गरेको थियो।
विहार मुजफ्फरपुर क्षेत्रका बालबालिका राति अकस्मात ढलेर बेहोस हुने र कतिपयको मृत्यु हुने गरेको छ।

मेडिकल जर्नल दि ल्यानसेटमा प्रकाशित अनुसन्धान अनुसार ती बालबालिका खाली पेटमा लिची खाएकै कारण ढल्ने गरेका थिए। लिचीमा पाइने विषालु तत्त्व हाइपोग्लिसिन त्यसको मुख्य कारक थियो।

मुजफ्फरपुर लिची उत्पादनका लागि प्रख्यात ठाउँ हो, त्यहाँका बालबालिकाले खाली पेटमा बगैँचामा झरेका चिली खाने गर्दै आएका छन्।

लिचीमा पाइने विषालु पर्दाथ हाइपोग्लिसिनले शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमतालाई रोकिदिने भएर उनीहरूको मृत्यु भएको अनुसन्धानले देखाएको छ। लिचीले अघाएर बेलुकीको खाना नखाने हुँदा ब्लड सुगरको तह न्यून हुने भएर ग्लुकोजको कमीका कारण उनीहरूको मृत्यु भएको ठहर छ।

त्यसैले लिची खाँदा होस् गर्नुस् है! खाली पेटमा लिची नखानुस्। लिचीमात्र खाएर नअघाउनुस्।


कस्तो लाग्यो ?

यो पनि