बैशाख २१, २०८१, शुक्रबार
               

सिन्धुली अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

सिन्धुली : नेपाल चिकित्सक सङ्घले सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत नेपाल चिकित्सक सङ्घ (एनएमए) का आजीवन सदस्य डा. दिवस ढकालमाथि शारीरिक हमलाको भत्सर्ना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

ढकालमाथि जेठ २७ गते राति साढे ११ बजे अस्पताल परिसरमै अभद्र व्यवहार भएको थियो ।

सेवामा कार्यरत चिकित्सकमाथि गालीगलौज, शारीरिक हातपात जस्ता निन्दनीय क्रियाकलापले समग्र स्वास्थ्य संस्थाको वातावरणलाई नै खलल पुर्‍याएको भन्दै सङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एनएमएले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई आपराधिक क्रियाकलापका कारण बारम्बार असहजता प्रदान गर्ने घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मी र नागरिकहरूलाई समेत गम्भीर असर पुग्ने जनाएको छ । एनएमएले दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि