बैशाख २०, २०८१, बिहीबार
               

धरानमा डेंगु नियन्त्रणका लागि ८० लाख

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

विराटनगर- सुनसरीको धरानमा देखा परेको डेंगु रोगका प्रभावितको उपचारका लागि प्रदेश १ सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

रोग फैलिन नदिन थप ३० लाख रुपैयाँ विनियोजन गरिएको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका हुन् ।

डेंगुको प्रकोप बढ्दै गएपछि धरानको ८ र १५ वडालाई डेंगु सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । धरानमा डेंगुको प्रकोप बढेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले स्थलगत अनुगमन गरी यस्तो कदम चालेको हो ।

धरानमा अहिले २ सय २० जना डेंगुबाट प्रभावित भएका छन् । उनीहरूको धरानमै रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि