चैत १६, २०८०, शुक्रबार
               

हाम्रो रोजाइका यी सात तस्बिर

नेपाल फ्ल्यास
जेठ १७, २०७८

शे फोक्सुण्डो गाउँपालिका–३, प्रशासकीय केन्द्र साल्दाङमा अवस्थित पौराणिक महत्त्वको सामये छोइलिङ गुम्बा । यहाँका अधिकांश मानिस पूजादेखि बिरामी भएमा लामासँग उपचारका लागि सहयोग माग्छन् । तस्बिर: हेमन्त केसी
ADVERTISEMENT

काठमाडौं । कोरोना कहरले मुलुकभरको जनजीवन प्रभावित बनेको छ । 

यसैक्रममा विकासका कामले पनि गति लिएको छैन । कोरोना कहरबीचको काठमाडौं, जाजरकोट, भक्तपुर र तनहुँस्थित राससकर्मीहरूले पस्किएका हाम्रो रोजाइका ७ तस्बिर : 

भक्तपुरको चागुनारायण नगरपालिकाको तामाङ कृषि तथा पोल्टी फर्ममा पालिएका हाँस । तस्बिरः चन्द्रकला क्षेत्रीशे फोक्सुण्डो गाउँपालिका–३, प्रशासकीय केन्द्र साल्दाङ गाउँ । अहिले यहाँ उवा र आलु लगाउने बेला भएको छ । तस्बिरः हेमन्त केसीफर्पिङका किसान बारीमा लगाएको काउली गेडमेल गर्दै । तस्बिर: प्रदीपराज वन्तकाठमाडौँको चोभारमा निमार्णाधीन सुक्खा वन्दरगाह । कोरोनाको कारण निर्माणमा ढिलाइ भएको छ । तस्बिर: प्रदीपराज वन्तकाठमाडौँ जिल्लाको दक्षिणी भेगमा अवस्थित फर्पिङ बजार । कोरोना महामारीका कारण फर्पिङ बजार क्षेत्र पूर्णरुपमा सिल गरिएको छ । तस्बिर: प्रदीपराज वन्ततनहुँको व्यास नगरपालिका–३ अवस्थित उद्यान । सधैँ भीडभाड रहने यो उद्यान कोरोना कहरका कारण सुनसान छ । तस्बिर: कृष्ण न्यौपाने


कस्तो लाग्यो ?

यो पनि