बैशाख १५, २०८१, शनिबार
               

शान्ति प्रक्रियामा ओलीका दुई सफलता, सिके राउत र विप्लवलाई मूलधारको राजनीतिमा

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा शान्ति प्रक्रियामा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकाल विवादमुक्त नभए पनि शान्ति प्रक्रियाको सवाल भने प्रशंसनीय छ । 

प्रधानमन्त्रीले सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हासिल गरेका हुन् । राजनीतिक संकटले घेरिएको ओली नेतृत्वको सरकारका लागि यो स्मरणीय उपलब्धि हो । जुन आमनागरिकका निम्ति सुखद र आश्चर्यको रुपमा पनि धेरैले अर्थाएका छन् । 

लामो समयदेखि तराई मधेसमा पृथकतावादी अभियान सञ्चालन गर्दै आएका सिके राउतलाई सहमतिमा ल्याइ प्रधानमन्त्री ओलीले २०७५ फागुन २४ गते पहिलो महत्वपूर्ण राजनीतिक सफलता हात पारेका थिए । जसलाई ओलीको ठुलो सफलताका रुपमा मानिन्छ । 

पछिल्लोपटक बिहीबार सरकार र विप्लव समूहबीचको वार्तामा तीनबुँदे सहमतिका साथ सफलतापूर्वक टुंगिएको छ । यो सहमतिसँगै विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउने भएको छ । यसलाई पनि प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण सफलताका रुपमा लिइएको छ ।

मूलधारको राजनीतिबाट पृथक बाटोमा हिँडेका सिके राउत र विप्लव समूहलाई सहमतिमा ल्याएर शान्तिपूर्ण राजनीतिक गतिविधिमा केन्द्रित तुल्याउन ओली सरकारले निर्वाह गरेको भूमिकालाई धेरैले स्वागत गरेका छन् ।

राजनीतिक उद्देश्यप्रेरित हिंसात्मक अभियान संवादका माध्यमबाट छिटो समाधान भएको यो एउटा दुर्लभ नजिर भएको विश्लेषकहरुको तर्क छ ।

विश्लेषकहरु भन्छन्, ‘लचकतासहित संवादको टेबलमा बस्ने हो भने कुनै पनि समस्याको समाधान असम्भव छैन भन्ने पुनः एकपटक स्थापित भएको छ । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम सरकारको मात्रै प्रयासले भएको थिएन । तत्कालीन मुख्य राजनीतिक दलहरू सबैले भूमिका खेलेका थिए । लामो समय लागेको थियो । विप्लव समूहको समाधान भने सरकार एक्लैले गरेको छ । यो भने सरकारको सफलता हो ।’


कस्तो लाग्यो ?

यो पनि