चैत १५, २०८०, बिहीबार
               

७० औं जन्मदिन मनाइरहेका ओलीलाई सर्वोच्चको महँगो गिफ्ट ‘संसद् विघटन’
ओलीले भने– ‘अब प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ’

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

मङ्गलवार साँझ सर्वोच्च अदालतले संसद् विघटनलाई बदरको फैसला सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउँदै थिए । ७० औँ जन्मदिन मनाउने तयारी उनको पहिल्यै थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिवारका सदस्यका साथमा ओली थिए । पिता मोहनप्रसाद ओली र अरू परिवारका अरू सदस्य तथा शुभचिन्तक पनि साथमा थिए । 

बाहिर आम सर्वसाधारणमा भने संसद विघटनको मुद्दामा बहस सकिएकाले फैसला कस्तो आउँछ भने व्यग्र प्रतीक्षा थियो । जति सुकै बेला पनि निर्णय आउन सक्ने थियो । उता प्रधानमन्त्री भने ढुक्क थिए – संसद विघटन सदर हुन्छ भन्नेमा । जन्मदिनको कार्यक्रममा उनको हाउभाउ र अनुहारको चमक कम थिएन । फैसला आउनु केही मिनेटअघि मात्रै उनले गरेको भाषणमा प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने जिकिर थियो ।

प्रधानमन्त्रीको भाषण सकियो । यता सर्वोच्चको फैसला आयो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनायो । ७० औ जन्मदिन हर्साेल्लसाका साथमा मनाइरहेका ओलीलाई सर्वोच्च सबैधानीक ईजालसबाट प्रतिनिधिसभा विघटन बदरको महँगो सरप्राईज गिफ्ट मिल्यो ।

यो खबर जन्मदिन मनाउन कार्यक्रममा सरिक उनलाई सचिवालयका सदस्यहरूले सुनाए । सभामा उपस्थित सबैले सर्वोच्चको फैसला थाहा पाए । त्यति बेलासम्म ओलीले सम्बोधन गरिसकेका थिए । तर पनि साङ्गीतिक कार्यक्रमलगायत अरू बाँकी नै थियो । प्रधानमन्त्रीले पुरै कार्यक्रम हेरे । 

जन्मदिन भव्यताका साथ मनाए । तर संसद् पुनस्थापनको फैसलाबारेमा केही बोलेनन् । निर्णय आउनुभन्दा केही मिनेट अघि उनले सम्बोधन गरिसकेका थिए । जहाँ प्रधानमन्त्री ओली पुनर्स्थापना नहुनेमा ढुक्क थिए । प्रतिनिधिसभा पुनर्स्थापना भएमा प्रचण्ड र ओली प्रधानमन्त्री खोज्न नसकिने भन्दै प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीको भनाई थियो ‘प्रचण्ड जी र माधव नेपाल जी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ ।’


कस्तो लाग्यो ?

यो पनि