बैशाख २३, २०८१, आइतबार
               

प्रहरीका अधिकृतबाटै यौन दुर्व्यवहार बढ्दो

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

काठमाडौँ । जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा शुक्रवार सरकारी वकिलको कार्यालयबाट छुटेका छन् । सरकारी वकिलको कार्यालय सुनसरीले उनलाई शुक्रवार हाजिरी जमानीमा रिहा छाड्यो ।

राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरूले उनीमाथि मुद्दा चलाउनु पर्ने अवस्था नरहेको भन्दै उनलाई हाजिर जमानीमा छाडेको हो । 

गृह मन्त्रालयमा इटहरीकी एक महिलाले संघीय प्रहरी इकाई धरानको प्रमुखको हैसियतमा रहेकै बेला राणाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए ।

उच्च प्रहरी अधिकारी नै विभिन्न यौन अपराधमा संलग्न भएको घटना एकपछि अर्को गर्दै सतहमा आएपछि प्रहरी सङ्गठन आलोचितमात्रै भएको छैन थप बदनाम भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी उपरीक्षक (डिएसपी) राजकुमार खिउजुले यौन काण्डमा आफू मुछिएपछि एक महिनाअघि राजीनामा दिएर सम्पर्कविहीन भएका छन् । डिएसपी खिउजु चापागाउँ प्रहरी वृत्तको प्रमुख हुँदा प्रहरी रिपोर्ट बनाउन आएकी एक किशोरीलाई कार्यकक्षमै यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । चापागाउँ वृत्तबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका खिउजुलाई सो आरोप लागेपछि उनले जागिरबाटै राजीनामा दिए । हाल उनीविरुद्ध महानगरीय प्रहरी कार्यालय ललितपुरमा उजुरी परेको छ । 

गत असोज अन्तिममा नेपालगन्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेपछि दुर्व्यवहार गर्ने प्रहरी नायव निरीक्षक (सई) बमबहादुर राना पक्राउ मात्रै परेनन् उनी जेल नै गए । महिला ब्यारेकभित्र पसेर प्रशिक्षार्थीमाथि यौन दूव्र्यवहारको प्रयास भएको प्रहरीमा उजुरी परेपछि सई रानामाथि छानबिन भएको थियो ।

यतिमात्र होइन प्रहरी प्रधान कार्यालयस्थित विधि विज्ञान प्रयोगशालामा कार्यरत एसएसपी राकेश सिंहविरुद्धको उजुरी प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत उजुरी छानबिन शाखामा परेको छ । एक वर्षअघि नै परेको सो उजुरी अहिलेसम्म अलपत्र परेको प्रहरी स्रोतले जनाएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्त हत्या प्रकरणमा डिएनए परीक्षण गर्दा गलत रिपोर्ट दिएको आरोप लागेका एसएसपी सिंहलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छैन ।  

घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग यौन सम्पर्कमा रहनु नै अपराधको भागीदार हुनु हो भन्ने तथ्यलाई प्रहरी अधिकारीहरूले बिर्सेका हुन् कि भन्ने आभास समेत भएको छ । 

यी घटना प्रतिनिधिमात्रै हुन । प्रहरीभित्र ठुलो सङ्ख्यमा यौन दुर्व्यवहार हुने गरेको बताइन्छ । तर बाहिर आउन सकेका छैनन् । प्रहरीभित्रै र  बाहिर पनि यौन दुर्व्यवहार भएको आवाज बेलाबखत नआएका भने होइनन् । तर छानबिनपछि धेरैलाई उन्मुक्ति दिइने गरिएको छ ।  

यसरी विभिन्न यौन दुर्व्यवहार गतिविधिमै उच्च प्रहरी अधिकारीको संलग्नताले प्रहरी सङ्गठनलाई बदनाम बनाएको छ । उच्च प्रहरी अधिकारी नै विभिन्न यौन अपराधमा संलग्न भएको घटना एकपछि अर्को गर्दै सतहमा आएपछि प्रहरी सङ्गठन आलोचितमात्रै भएको छैन थप बदनाम भएको छ । कतिपय प्रहरी अधिकृतहरू बहाल हुँदै बलात्कारजस्तो जघन्य अपराध अनुसन्धानका लागि पक्राउ पर्ने अवस्थामा पुगेका छन् । यसले प्रहरी महलिामैत्री छैन कि भन्ने देखाउँछ ।

घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग यौन सम्पर्कमा रहनु नै अपराधको भागीदार हुनु हो भन्ने तथ्यलाई प्रहरी अधिकारीहरूले बिर्सेका हुन् कि भन्ने आभास समेत भएको छ । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी शैलेश थापाले आरोपितहरूमाथि छानबिन भइरहेको बताए । सौरभ राणालाई सरकारी वकिल कार्यालयले हाजिर जमानीमा छाडेको बताउँदै अन्यको हकमा छानबिन भइरहेको बताए । 

‘सचिवालयमा परेको उजुरीको बारेमा छानबिन भइरहेको छ दोषी देखिए पक्राउ गरेरै कारबाही गरिनेछ’, डिआइजी थापाले भने । 

प्रहरीमा १० वर्षअघि अछाममा कार्यरत सुन्तली धामीलाई सहकर्मीहरूले सामूहिक बलात्कार गरेका थिए । त्यसयता निकै कम सुनिएको भए पनि अहिले भने यौन दुर्व्यवहारको घटना पुनरावृत्ति हुन थालेका छन् । 

१० वर्ष पहिले सुन्तली धामी प्रकरण 

प्रहरी हवल्दार सुन्तली धामीमाथि १० वर्ष अघि सामूहिक बलात्कार भएको थियो । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत हवल्दार धामीलाई २०६६ असोज ११ गते राति हबलदार मेजर वीरेन्द्र बम, प्रहरी हवल्दार करवीर बीरादत्त बडू, दानसिंह भण्डारी, प्रहरी जवान, नरिमान महत्तरा र जगदीश पाण्डेले सामूहिक बलात्कार गरेका थिए । सो कुरा उजुरीपछि बलात्कार गर्ने सबै प्रहरी कर्मचारी पक्राउ पर्नुका साथै उनीहरू विरुद्ध सबैलाई मुद्दा लागेको थियो । 

यो पनि