बैशाख २२, २०८१, शनिबार
               

उकालो लाग्यो शेयर बजार
साढे २ अर्ब ९ करोड रुपैयाँको कारोबार

नेपाल फ्ल्यास
असोज ०९, २०८०

ADVERTISEMENT

काठमाडौं ।आज मङ्गलवार हिजो र अस्ति घटेको शेयर बजार  दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ ।


बजार बढेको दिन मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम् पावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमालयन लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।


आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको उच्च अङ्कले उकालो लागेको छ । 

आज ८७ लाख ४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि