बैशाख २२, २०८१, शनिबार
               

उकालो लाग्दै शेयर बजार
१ अर्ब १७ करोड रुपैयाँको कारोबार

नेपाल फ्ल्यास
असोज ०२, २०८०

ADVERTISEMENT

काठमाडौं । आज मङ्गलवार पनि शेयर बजार उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज होटल र व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेको हो । जलविद्युत्, विकास बैंक र उत्पादन समूहको शेयर आज उच्च अङ्कले बृद्धि भएको छ । 

आज सबैभन्दा धेरै शुभम् पावर, थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर आठ प्रतिशले ओराले लागेको छ । 

आज दुई सय ७२ वटा कम्पनीका ४३ लाख ३६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५० हजार दुई सय पटक भएका कारोबारमा एक अर्ब १७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै रियायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १० करोड छ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि