
काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरलिे नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उनी हिजो बेलुका पक्राउ परेका हुन् ।
उनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झण्डै ६० किलो सुन प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ परेका छन् । साउन ३ गते सिनामङ्गलबाट सुन बरामद भएको थियो ।