बैशाख २२, २०८१, शनिबार
               

चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रले अग्रसरता देखाउनुपर्छ:घिसिङ

नेपाल फ्ल्यास
भदौ २०, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्रले अग्रसरता देखाउनुपर्ने बताएका छन् ।  विद्युत् प्राधिकरणले आज देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्तरूपमा उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको बताएका हुन् । । उनले निजी क्षेत्रलाई चार्जिङ स्टेशन विस्तारका लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको समेत बताए । 

५१ वटा चार्जिङ स्टेशनको एकसाथ उद्घाटनले देशभर विद्युतीय गाडीको प्रवर्धनमा सहयोग पुग्ने निर्देशक घिसिङले बताए । पछिल्लो समय माइक्रोबस, ट्याक्सी र व्यक्तिगत गाडी गरी धेरै विद्युतीय गाडीको प्रयोगमा वृद्धि भएको उनको भनाइ छ । उनले चार्जिङ स्टेशनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताए । घिसिङले विद्युतीय गाडीको विकाससँगै पेट्रोलियम पदार्थको आयात कम हुने, व्यापार घाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने उल्लेख गरे । 

घिसिङले विद्युतीय गाडीको खर्च पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५—२० गुणा सस्तो पर्ने पनि बताए । प्राधिकरणले देशभर थप पाँच सय वटा चार्जिङ स्टेशन स्थापना गर्न लागेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय गाडीको प्रवर्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताए । 


कस्तो लाग्यो ?

यो पनि