बैशाख २२, २०८१, शनिबार
               

राताम्मे शेयर बजार

नेपाल फ्ल्यास
भदौ १९, २०८०

ADVERTISEMENT

काठमाडौं । आज मङ्गलवार  शेयर बजार साढे छ अङ्कले ओरालो लागेको छ । सोमवार हिजो सात अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ४५ अङ्कले घटेर एक हजार नौ सय ६१ दशमलव ३७ विन्दुमा खुम्चिएको छ । 

आज उत्पादन र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । सबैभन्दा धेरै आरबीबी म्यचुअल फन्ड–२ र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज २४ लाख ८० हजार कित्ता शेयर ७९ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको सात करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि