बैशाख २२, २०८१, शनिबार
               

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबाट पाँच नयाँ कृषि संरचना सञ्चालनमा

नेपाल फ्ल्यास
भदौ १८, २०८०

ADVERTISEMENT

काठमाडौं । विभिन्न पाँच वटा कृषि संरचनाहरु मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले  सञ्चालनमा ल्याएको छ।

कम्पनीले पाँच वर्षे रणनीति योजना अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने उद्देश्यले पाँच वटा संरचनालाई डिजिटल रुपमा सञ्चालनमा ल्याएको जनाएको छ । 

इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा रहेको प्रादेशिक कार्यालयहरु स्याङ्जा र चितवनका फार्म उत्कृष्टता केन्द्र कृषिमा लगानी प्रवर्द्धन लागि कृषि व्यवसाय परामर्श केन्द्र कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ुमुक्तिनाथ एपको शुभारम्भ गरेको छ । 

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.मिन बहादुर श्रेष्ठ, कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, निजी क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो। 

कार्यक्रममा कृषि मन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिँचाइ लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने जानकारी दिए । 

यस्तै, कम्पनीका अध्यक्ष भरत ढकालले मुक्तिनाथ कृषि जस्ता निजी कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए ।  

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड कृषकसँग मुक्तिनाथ  र उपभोक्तासँग मुक्तिनाथ अभियानद्वारा संस्थागत मूल्य शृङ्खला व्यवस्थापनमार्फत कृषि चक्रको निर्माण गर्दै विसं २०७५ साल भाद्र १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो।
 

यो पनि