बैशाख २२, २०८१, शनिबार
               

अव चामल निर्यातमा पनि भारतको कडाइ
उसिना चामल आयात गर्ने देशमा भाउ बढ्न सक्ने सम्भावना

नेपाल फ्ल्यास
भदौ ११, २०८०

ADVERTISEMENT

काठमाण्डौ – भारतले उसिना चामल निर्यातमा पनि कडाइ गरेको छ यस अघि भारतले प्याज निर्यातमा पनि कडाइ गरेको थियो । 
दशैँ नजिकिएसंगै छिमेकी देश भारतले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ ।

भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहन स्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो ।

गत शुक्रवार भारतको वित्त मन्त्रालयले सूचना निकालेर आउँदो असोज अन्तिम हप्तासम्म यस्तो कर लगाइएको जनाएको छ ।

शुक्रवारअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने पनि सुचनामा उल्लेख गरिएको छ । 

यो निर्णयले नेपालसहित भारतबाट उसिना चामल आयात गर्ने देशमा भाउ बढ्न सक्ने सम्भावना रहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि