बैशाख २२, २०८१, शनिबार
               

राताम्मे शेयर बजार
१ अर्ब ५५ करोड रुपैयाँको कारोबार

नेपाल फ्ल्यास
भदौ ०७, २०८०

ADVERTISEMENT

काठमाण्डौ । हिजो र अस्ति उकालो लागेको शेयर बजार आज भने उच्च अङ्कका साथ घटेको छ । 

शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अङ्कले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको हो । 

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशत तथा समता घरेलु लघुवित्तको शेयर आठ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर छ प्रतिशतले बढेको हो । 

आज ४६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ५५ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएका छन् । ।
 


कस्तो लाग्यो ?

यो पनि