बैशाख २२, २०८१, शनिबार
               

विद्युत् क्षेत्रको विकासमा प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको छ: घिसिङ

नेपाल फ्ल्यास
भदौ ०५, २०८०

ADVERTISEMENT

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रमा अहिलेसम्म भएको विकास र प्रगतिको श्रेय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ जाने बताएका छन् । 

आज भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले देशमा लोडशेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत् क्षेत्रको विकासमा प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताए । 

उनले भने,  ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लोडशेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास गर्न निर्देशन भएको छ । प्रचण्डको सहभागितामा ऊर्जा क्षेत्रको आजको अवस्थामा आएका छौँ ।’

घिसिङले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको समेत बताएका छन् । 

उनले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको जनाउँदै अहिले सयौँ सबस्टेशन र विद्युत् उत्पादन परियोजनाहरू बनिरहेको बताए । उनले अब केही समयमा धेरै सबस्टेशन र हाइड्रोपावर उद्घाटन हुने क्रममा रहेको समेत जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि