बैशाख २२, २०८१, शनिबार
               

ओरालो लाग्यो शेयर बजार

नेपाल फ्ल्यास
भदौ ०४, २०८०

ADVERTISEMENT

काठमाण्डौ – आज लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । 

शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा ओर्लिएको हो । 

आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।

आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर झण्डै छ प्रतिशतले घटेको लागेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

४१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड दुई लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि