बैशाख २१, २०८१, शुक्रबार
               

९० वटा लघु जलविद्युत् आयोजनाको मर्मतपछि गण्डकी प्रदेशमा उत्पादन नियमित

नेपाल फ्ल्यास
साउन २९, २०८०

ADVERTISEMENT

काठमाडौं । पछिल्ला पाँच वर्षमा मात्र गण्डकी प्रदेश सरकारले ९० वटा लघुजलविद्युत् आयोजनाको मर्मतसम्भार गरेको छ।

जीर्ण आयोजना मर्मत पश्चात तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ।

ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका  मन्त्रालयको ऊर्जा शाखाले जनाएको छ । शाखाका अनुसार प्रदेशमा झण्डै चार सय लघु जलविद्युत् आयोजना रहेका छन् । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् तीन सय ७१ र बाँकी अरु संस्थाले निर्माण गरेका आयोजना छन् । सौर्य ऊर्जा र लघु जलविद्युतबाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि