बैशाख २१, २०८१, शुक्रबार
               

डिजिटल कारोबार प्रवर्द्धनमा ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालको सहकार्य

नेपाल फ्ल्यास
साउन १७, २०८०

ADVERTISEMENT

काठमाडौं । ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबार प्रवर्द्धन गर्न  सहकार्य हुने भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  

डिजिटल बिधिबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्ने कार्यक्रममा अबदेखि बैंकको सहभागिता रहनेछ । 

त्यस्तै, परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरुको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ्ग भूमे र पुथाउत्तरगंगा गरी आठ पालिकामा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि अब बैंकको सहभागिता हुनेछ । 

बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास छ । यस परियोजनामा आबद्ध घरधुरीहरु तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न रहेका छन् ।

परियोजनामा आबद्ध पाँच हजार पाँच सय घरधुरीमध्ये ८० प्रतिशत सहभागीहरु महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् । यसै भित्रबाट तीन प्रतिशत समुदाय अपाङ्ग घरपरिवार पनि हुने हुँदा परियोजनाले लिक्षित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकको छ । 

साथै, यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियनहरु परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैकिङ्ग, डिजिटल बैंकिङ्ग, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ ।
 

यो पनि