बैशाख २१, २०८१, शुक्रबार
               

कनेक्ट आइपीएसमार्फत् ‘आइएमई पे’मा  बैंक खाता लिङ्क गरी कारोबार गर्न सकिने

नेपाल फ्ल्यास
साउन १७, २०८०

ADVERTISEMENT

काठमाडौं । ‘आइएमई पे’ले आफ्नो एपमा कनेक्ट आइपीएसमार्फत् बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्य सहित सञ्चालनमा ल्याइएको यो सेवा मार्फत् ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता लिङ्क गरी सुरक्षित ढंगले राख्न सक्नेछन् ।  

यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्नेछ । यसरी लिङ्क भइसकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सहज रूपमा सोझै भुक्तानी गर्न सकिनेछ । 

‘आइएमई पे’ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्धतामा पनि ठूलो टेवा पुर्‍याउने उद्देश्यका साथ यो सेवा ल्याएको आइएमई डिजिटल सोलुसन लिमिटेड ‘आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाइ छ।
 


कस्तो लाग्यो ?

यो पनि