बैशाख १७, २०८१, सोमबार
               

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० घट्यो

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्यसूची बढेर आएको भन्दै निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूची बढेर आयपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएको छ । 

हाल पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँमा कारोबार भइरहेको छ भने डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुग्ने भएको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुग्ने भएको छ । 

यस्तै, निगमकाअनुसार खाना पकाउने एल्पी ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको छ ।  हवाई इन्धनको मूल्य भने अहिलेलाई यथावत् राखिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि