बैशाख २१, २०८१, शुक्रबार
               

आईएमई पेको नारी लक्षित अफर “प्रिटी उत्सव”

नेपाल फ्ल्यास
साउन १५, २०८०

ADVERTISEMENT

काठमाडौं । आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “प्रिटी उत्सव” अफर सार्वजनिक गरेको छ । यो अफर यही साउन महिनाको दोस्रो सोमवार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ।

यो अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको पाँच हजार रुपैयाँको भौचर प्रदान गरिने छ । सेवाग्राहीले अफर अवधिभरि कम्तीमा एक पटक आईएमई पे मार्फत् क्यूआर  स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ ।

अफर अवधिभरि प्रत्येक ५ दिनपछि गोला प्रथामार्फत् दुई जना विजेता छनोट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत् घोषित गरिने कम्पनीले जनाएको छ । सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत् भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । विजेताहरूले प्रिटी क्लिकमा गएर भौचरको प्रयोग गर्न सक्नेछन् ।

यो अफर आईएमई पेको महिला सेवाग्राहीहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।ु
 

यो पनि