बैशाख १५, २०८१, शनिबार
               

हवाई उडानको आन्तरिक टिकट काट्दा आईएमई पेमा दुई सय रुपैयाँ छुट

नेपाल फ्ल्यास
साउन १२, २०८०

ADVERTISEMENT

काठमाडौ । ‘आईएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत सेवाग्राहीले प्रत्येक दिन बेलुका ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एअरलाइन्सको टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । यो अफर साउन ७ देखि साउन २६ गतेसम्म चल्ने कम्पनीले जनाएको छ।

सेवाग्राहीले आईएमई पेमा भएका सम्पूर्ण आन्तरिक एअरलाइन्सको टिकटमा छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

अफर अवधिभित्रमा एअरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साविकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुटसहित अहिलेको क्यासब्याक पनि पाउन सक्नेछन् ।
 


कस्तो लाग्यो ?

यो पनि