बैशाख १५, २०८१, शनिबार
               

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला

नेपाल फ्ल्यास
साउन ०८, २०८०

ADVERTISEMENT

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले सोमबारदेखि १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्ने इन्स्योरेन्सले जनाएको छ ।  संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । साउन १५ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ । 
 

यो पनि