बैशाख १५, २०८१, शनिबार
               

घट्यो सुनचाँदीको मूल्य

नेपाल फ्ल्यास
साउन ०८, २०८०

ADVERTISEMENT

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । योसँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम रहेको थियो । आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि