बैशाख १५, २०८१, शनिबार
               

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो

नेपाल फ्ल्यास
साउन ०५, २०८०

ADVERTISEMENT

काठमाडौं । हिजो भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँ छ । हिजो एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो तोलामा एक हजार चार सय ९५ रुपैयाँ थियो । 
 

यो पनि