बैशाख १५, २०८१, शनिबार
               

सुनचाँदीको भाउमा नयाँ रेकर्ड
भाउ अझै बढ्न सक्ने

नेपाल फ्ल्यास
साउन ०४, २०८०

ADVERTISEMENT

काठमाडौं । सुनचाँदीको मुल्य अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च १  लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढिरहेकाले नेपालमा पनि भाउ बढेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । उनका अनुसार भाउ अझै बढ्ने सम्भावना छ ।

यस्तै, चाँदी पनि आज अहिलेसम्मकै महँगो भएको छ । चाँदीको भाउ तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
 

यो पनि