बैशाख २२, २०८१, शनिबार
               

भारतद्वारा एम्बुलेन्स र स्कुल बस सहयोग

नेपाल फ्ल्यास
असार ३१, २०८०

ADVERTISEMENT

भारत सरकारले नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घ–संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ ।

आइतबार काठमाडौं भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको हो ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ ।

कार्यक्रममा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा भइरहेको विकास परियोजनाको सराहना गर्नुभयो । उहाँले ती परियोजनाले दुई देशबीचको नागरिकबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताउनुभयो । यस्तै राजदूत श्रीवास्तवले ती एम्बुलेन्स र स्कुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रूपमा रहेको जानकारी दिनुभयो ।

यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको जानकारी दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि