चैत १६, २०८०, शुक्रबार
               

असिनाबाट पोखरामा साढे दुई करोड बराबरको सुन्तलामा क्षति

नेपाल फ्ल्यास
फागुन १५, २०७९

ADVERTISEMENT

पोखरा । आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ ।

असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा नराम्रोसँग क्षति पुगेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

दोपहरे क्षेत्रमा करिब २० हजार सङ्ख्याका सुन्तलाका बोटबाट उत्पादन भइरहेको र बर्सेनि यहाँका स्थानीयले लगभग रु पाँच करोड आम्दानी गर्ने गरेको उनले बताए । महानगरपालिकाले उक्त क्षेत्रमा विगत चार वर्षयता सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमअन्तर्गत सहयोग पनि गरिरहेको छ ।

महाशाखा प्रमुख कडरियाका अनुसार असिनाका कारण यस क्षेत्रमा करिब रु साढे दुई करोडभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि कृषक मर्कामा परिरहेको बताउँदै उनले क्षतिको जोखिमलाई न्यूनीकरण गर्न कृषि बीमा गर्नुपर्नेमा जोड दिए । 


कस्तो लाग्यो ?

यो पनि