बैशाख १५, २०८१, शनिबार
               

इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा राजेश हमाल युएई जाँदै
दुबई र अबुधाबी शहरमा मेरो डिजिटल देश अभियानको प्रवर्धन गर्ने

नेपाल फ्ल्यास
मंसिर ०९, २०७९

ADVERTISEMENT

महानायक राजेश हमाल युएईस्थित अन्तर्राष्ट्रिय मनी ट्रान्सफर कम्पनी– लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा आउँदो शुक्रबार युएई जाने भएका छन्।

हमाल इसेवा मनी ट्रान्सफरको टोलीसँग त्यहाँ प्रस्थान गर्न लागेका हुन्। युएई प्रस्थान पश्चात्, २६ नोभेम्बरमा हमालले दुबई स्थित लुलु एक्सचेन्जका बर दुबई र जेबेल अली २ सपर्स मल शाखामा तथा अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखामा पाल्नुहुने रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत लुलु एक्सचेन्जका नेपाली कर्मचारीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

हमाल युएई पुगेर विशेषत इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश“ अभियान प्रवर्धन गर्नेछन् र विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे सचेतना फैलाउने छन्। हमाल ब्रान्ड एम्बेसेडरको रूपमा इसेवा मनी ट्रान्सफरसँग आबद्ध रहेका छन् र सक्रिय रूपमा देश तथा विदेशमा “मेरो डिजिटल देश“ अभियानको प्रवर्धनमा क्रियाशील रहेका छन्।

इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश“ अभियान र यसको उद्देश्य ?

मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको साझा अभियान भएको इसेवाको मातृ संस्था एफवान सफ्टले जनाएको छ। विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा भित्राउँदै देशको अर्थतन्त्र सुदृढीकरणमा मद्दत पुर्‍याउने र डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै रेमिट्यान्स पठाउने र पाउने शैलीलाई पूर्णत डिजिटाइज गर्न मद्दत पुर्‍याउने नै यस अभियानको मुख्य उद्देश्य रहेको छ।

कसरी सहभागी बन्ने यस अभियानमा?

विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पाउनुहुने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाएर योजनामा सहभागी हुन सकिनेछ। साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।

हस्तक्षेपकारी स्कीम

इसेवाले मुलुकको हितमा रहेको यो योजनामा अफरहरू पनि ल्याएको छ । यस अभियान अन्तर्गतको योजनामा सहभागी बने बापत ६ महिनासम्म हरेक महिना १ जनाले गिफ्ट प्याकेज पाउने छन् । ६ महिनामा एक जनाले काठमाडौँमा सपनाको घर जित्ने स्कीम इसेवाले ल्याएको छ । 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


कस्तो लाग्यो ?

यो पनि