बैशाख १४, २०८१, शुक्रबार
               

मूल्यवृद्धि पाँच वर्षयताकै उच्च

नेपाल फ्ल्यास
पुस २९, २०७८

ADVERTISEMENT

गरिबी, बेरोजगारीसँगै कोरोना स‌ंक्रमणले नागरिक थला परेको बेला पाँच वर्षयताकै उच्च मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बै‌ंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको तथ्य सार्वजनिक भएको हो ।

मूल्यवृद्धिलाई कारक गैरखाद्य र सेवाजन्य उपभोग रहेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ ।

तेल र घिउमा २८.५२ प्रतिशत मूल्यवृद्धि भएको छ भने दलहनमा ११.७९ प्रतिशत बडेको छ । अनाजको मूल्य भने ३.४५ प्रतिशत ले बढेको छ । 

यातायातमा १६.२५ प्रतिशत र शिक्षामा ११.७८ मूल्यवृद्धि भएको छ ।

डेढ दशकदेखि नेपालमा उच्च मूल्यवृद्धि हुन थालेको हो । २०७२ साको महाभूकम्पको वर्ष सर्वाधिक मूल्यवृद्धि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि