बैशाख १४, २०८१, शुक्रबार
               

काठमाडौंमा इन्टरप्राइज इन्डिया प्रदर्शनी सुरु

नेपाल फ्ल्यास
पुस ०६, २०७८

ADVERTISEMENT

 

इन्टरप्राइज इन्डिया प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । 

भृकुटीमण्डपमा पुस ६ देखि ८ गतेसम्म हुने प्रदर्शनीको उद्घाटन भारतीय दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले गरेकी छन् । उनले कार्यक्रममा सहभागी भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रियासमेत गरिन् । कार्यक्रममा सहभागीहरुलाई खम्पाले दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग 'बी टु बी' साझेदारी खोज्न पनि प्रेरित गरिन् । 

भारत सरकार वाणिज्य एवम् उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले ‘इन्टरप्राइज इन्डिया २०२२’ को आयोजना गरेको हो । दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना जगाई ब्रान्ड इन्डियाको प्रवद्र्धन र द्विपक्षीय व्यापार एवम् लगानी अभिवृद्धि गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको दूतावासले जनाएको छ । संयुक्त उद्यम, प्रविधि आदानप्रदान, मार्केटिङ प्रबन्धलाई सहजीकरण गर्नुका साथै दुई देशका जनताबीचको सम्पर्कलाई अझ मजबुत बनाउनु यस प्रदर्शनीको मूल उद्देश्य रहेको छ ।

भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले प्रदर्शनीमा आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गरिरहेका छन् । प्रदर्शनीमा नेपाली व्यवसायी तथा व्यापारीहरुको पनि उत्साहजनक सहभागिता रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि