बैशाख ०६, २०८१, बिहीबार
               

सेयर बजारमा देखिएन नेपाल बन्दको असर

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८

ADVERTISEMENT

मंगलबार सेयर बजार परिसूचक नेप्से ६९.२२ अंकले बढेर २७८४.५८ अंकमा बन्द भएको छ। आज भएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाे बन्दले बजारमा कुनै पनि असर देखिएकाे छैन् ।

सुरुवाती समयदेखि नै उकालो लागेको नेप्से अन्तिम समयमा आएर करिब ७० अंकले बढेर बन्द भएको छ भने  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । । सेन्सिटिभ इन्डेक्स १४.९२ अंकले बढेर ५२१.४६ अंकमा बन्द भएको छ।

आज बजारमा १ करोड ९३ हजार २२१ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८४६ रुपैयाँ ७५ पैसाको कारोबार भएको छ।

आज नेप्सेमा २२७ कम्पनीको सेयर कारोबारमा आएकोमा १७१ कम्पनीको  सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ। आज १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । आज सबै भन्दा बढी कमाउने मा  अन्य उपसमूह ५.९१ प्रतिशत, हाइड्रोपावर ५.९१ प्रतिशत, र फाइनान्स उपसमूह ३.२१ प्रतिशत रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि