बैशाख ०८, २०८१, शनिबार
               

घरेलु तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्छौं : मुख्यमन्त्री केसी

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८

ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकास  र रोजगारी सिर्जना गर्नका लागि घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्न लागिएको बताएका छन् ।

मुख्यमन्त्री केसीले घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । सम्बोधनको क्रममा  मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि रहेको बताए ।

उनले विकासको मुख्य अधार घरेलु तथा साना उद्योग भएकोले प्रदेश सरकारको प्राथामिकता यस क्षेत्रमा रहेको उद्घोष गरे । मुख्यमन्त्री केसीले प्रदेशको मात्र नभई  सिङ्गो मुलकै विकासका लागि पनि साना उद्योगहरुलाई विकास र विस्तार नगरी सम्भव नभएको  धारणा राखेका थिए ।

मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रका उद्योगी र व्यवसायी लागि प्रदेश बैंक स्थापना गरिएको बताउँदै त्यसबाट सञ्चालनका सस्तो ब्याजका ऋण प्रदान गर्ने लागेको  जानकारी समेत दिए ।  


कस्तो लाग्यो ?

यो पनि