बैशाख ११, २०८१, मंगलबार
               

दराज ११.११ ले तोड्यो पछिल्ला वर्षको सबै रेकर्ड

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

काठमाडौं । दराज ११.११ चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोडेको छ । ३६ करोडभन्दा बढीको बिक्री गरेर अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल सफल भएको कम्पनीले जनाएको छ ।

अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउदै गतवर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ ।

गतवर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशत बढी बिक्री अनलाइन प्रि–पेमेन्टमार्फत भएको कम्पनीले जनाएको छ । २४ घण्टा भित्र ७ लाख अनलाइन खरिदकर्तालाई सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि