असोज २०, २०७९, बिहीबार
               

समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल फ्ल्यास
कात्तिक २४, २०७८

ADVERTISEMENT

समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधवार संस्थाको १२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

उक्त बिक्री खुला भएको सेयर समिटका संस्थापक सेयरधनीले बिक्री गर्न लागेका हुन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सो सेयर खरिद गर्न इच्छुकले सेयर संख्या र रकम कबोल गरी कम्पनीको केन्द्रीय कार्यालय गोरखा–१३ पुग्ने गरी निवेदन पेस गर्नपर्नेछ । संस्थाले तोकेको अवधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तिलाई पनि खुला गरिने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि