बैशाख १५, २०८१, शनिबार
               

नेप्से परिसूचक ५.२२ अंकले बढ्यो

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

बुधबार सेयर बजार परिसूचक नेप्से ५.२२ अंकले बढेर २८४८.८४ अंकमा बन्द भएको छ।

दिनभर उतार–चढाव देखिएको नेप्से अन्तिम समयमा आएर सामान्य सकारात्मक भएर बन्द भए पनि ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने घटेको छ । सेन्सिटिभ इन्डेक्स ०.५२ अंकले घटेर ५३०.८९ अंकमा बन्द भएको छ।

आज बजारमा साढे ६ अर्बभन्दा माथिको कारोबार भएको छ। ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजारको कारोबार भएको छ।

आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबारमा आएकोमा ७४ कम्पनीको  सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ। चार कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज बीमा, लगानी, होटेल तथा पर्यटन र व्यापार उपसूचकमा गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, वित्त कम्पनी, लघुवित्त, हाइड्रोपावर र उत्पादनमूलक उपसूचक बढेका छन् ।

आज होटेल तथा पर्यटन उपसूचकमा सर्वाधिक १.८३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.८६ प्रतिशत र व्यापार उपसूचक ०.८३ प्रतिशतले घटेको छ। यता, हाइड्रोपावर उपसूचक ०.७२ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.४१ प्रतिशतले बढेको छ।


कस्तो लाग्यो ?

यो पनि