बैशाख २४, २०८१, सोमबार
               

तिहारमा झलमल्ल बत्ती बाले हुन्छ : घिसिङ

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

नेपाल विद्युत् प्राधिकरणले तिहारमा झलमल्ल बत्ती बाल्न सकिने गरी भार प्रेषणको व्यवस्था मिलाएको छ ।

तिहारमा लक्ष्मी पूजा र आसपासका दिनमा बिद्युत्को उच्च माग हुने गरेको छ । अत्यधिक खपत भएपछि विद्युत् वितरणमा समस्या आउने गरेको थियो । 

विद्युत् प्राधिकरणको पहिलो कार्यकालको सुरुवातमै कार्यकारी निर्देशक घिसिङले तिहारमा वितरण प्रणालीमा सुधार गरेका थिए । उनी आएकै साल तिहारमा लोडसेडिङ भएको थिएन ।

कार्यकारी निर्देशक घिसिङले तिहारमा बिद्युत् उपयोग निर्धक्कसाथ गर्ने सकिने बताए । उनले विद्युत् काट्नुपर्ने अवस्था नआउने जनाए । विद्युतीय उपकरणहरूको प्रयोग गर्न र झिलिमिली बनाउन सकिने उनले जनाए । 


कस्तो लाग्यो ?

यो पनि