बैशाख २४, २०८१, सोमबार
               

नेपालमा अमेरिकी डलर र चिनियाँ युआन दुवैको भाउ घट्यो

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

काठमाडौं  । आज  नेपालमा अमेरिकी डलर र चिनियाँ युआन दुवैको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले हिजोको तुलनामा आज यी दुवै मुद्राको विनिमयदर घटेको जानकारी दिएको हो । सोमबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा तोकिएको थियो । आज भने यो मुद्राको खरिददर ११९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२० रुपैयाँ नौ पैसा तोकिएको छ ।

यसैगरी, सोमबार चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा निर्धारण गरेको केन्द्रीय बैंकले आज यो मुद्राको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा तोकेको छ ।

यूरोपेली मुद्रा यूरोको खरिददर १३८ रुपैयाँ २१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९० पैसा, बेलायती पाउण्ड स्र्टेलिङको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ । यी दुवै मुद्राको भाउ हिजोका तुलनामा आज घटेको हो । स्वीस फ्य्राङ्क एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९० रुपैयाँ १३ पैसा तोकिएको छ । आज फ्र्याङ्कको भाउ बढेको र अष्ट्रेलियन डलरको भाउ घटेको हो ।

यस्तै,  क्यानेडियन डलरको खरिदद आज ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९७ रुपैयाँ चार पैसा निर्धारण गरेको राष्ट्र बैंकले सिंगापुर डलर एकको खरिददर ८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८९ रुपैयाँ तोकेको छ । जापानी ऐन १० को खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रीदर १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ ।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ दुई पैसा निर्धारण गरिएको छ भने कतारी रियाली एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ । यसैगरी थाई भाट एकको तीन रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन रुपैयाँ ६० पैसा, यूएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा तथा मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि