बैशाख १७, २०८१, सोमबार
               

यस्तो छ सामलिङ पावर आईपीओको रिजल्ट

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार आज बिहान ८ः३० बजे सेयर बाँडफाँड भएको हो ।

कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँड भएको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

आईपीओको नतिजा हेर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । साथै, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र निष्काशनकर्ता कम्पनी सामलिङ पावरको वेबसाइटबाट पनि हेर्न सकिनेछ । 

कम्पनीले ४ कात्तिकदेखि सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि