बैशाख १७, २०८१, सोमबार
               

मेगा बैंकको नाफा ५० दशमलव ४७ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

मेगा बैंक नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा ६० करोड ७९ लाख ३ हजार रुपैयाँ थियो । 

समीक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ५१ करोड ७३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले एक अर्ब ३३ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा ४७ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ३० करोड ७१ लाख १३ हजार रुपैयाँ पुगेको छ । 

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०३ पैसाले बढेर २४ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा छ । 


कस्तो लाग्यो ?

यो पनि