नेपाल स्टक एक्सचेन्जमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि अर्थ मन्त्रालयले आवेदन आह्वान गरेको छ। शनिवार एक सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले इच्छुक आवेदनकर्ताबाट आवेदन आह्वान गरेको हो ।
मन्त्रालयले कार्तिक २७ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ। आवेदनकर्ताले पाँच हजार शब्द सम्मको व्यवसायिक कार्य योजना प्रस्तुत गर्नु पर्ने छ । उक्त कार्य योजनाको प्रस्तुति र योग्यताको आधारमा छनौट समितिले तीन जानको नाम सरकार समक्ष सिफारिस गर्ने छ। उक्त सिफारिसबाट एक जनालाई मन्त्रीपरिषद् बैठकले चार वर्षकोलागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने छ ।
प्रमुख कार्यकारी अधिकृत छनौटकोलागि अर्थ मन्त्रालयले वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रमेश कुमार केसीको संयोजकत्वमा छनोट समिति गठन गरेको छ ।