बैशाख १७, २०८१, सोमबार
               

डिजिटल बैंकिङ कारोबारमा जोखिम न्यूनीकरण गर्नुपर्छ : सभामुख सापकोटा

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले डिजिटल बैंकिङ्ग कारोबारमा जोखिम न्यूनीकरण गर्नुपर्ने बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको सदरमुकाम साँगाचोकगढीमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने पनि बताए । डिजिटल प्रविधिको प्रयोगतर्फ गइरहेको बैंकिङ्ग कारोबारबाट हुने जोखिम न्यूनिकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए । बैंकले हाल ७७ जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि